काठमाडौं। पञ्जाब किंग्सले मुल्लनपुरको मैदानमा कोलकाता नाइट राइडर्सविरुद्ध आइपिएल इतिहासकै सबैभन्दा सानो योगफल बचाएको छ।
११२ रनको लक्ष्य पछ्याएको कोलकाताले एक समय दुई विकेट गुमाएर ६२ रन बनाएको थियो। तर, त्यसपछि उसको विकेट लगातार खसिरह्यो। कोलकाताले ३३ रन बनाउँदा आठ विकेट गुमाएको थियो, जसले खेल हातबाट बाहिरियो ।
पञ्जाबले गत सिजन कोलकातालाई यसरी नै हराएको थियो । त्यसपछि पञ्जाबले आइपिएलको सबैभन्दा ठूलो लक्ष्य पछ्याएको थियो । कोलकाताले पञ्जाबलाई २६२ रनको लक्ष्य दिएको थियो, जुन पञ्जाबले जोनी बेयरस्टोको शतकको मद्दतमा १९ औं ओभरमा पूरा गरेको थियो।
योसँगै पञ्जाब आइपिएल इतिहासकै सबैभन्दा ठूलो रन चेज र इसबैभन्दा सानो योगफल जोगाउने टिम बनेको छ । दुवै पटक कोलकाता नै पञ्जाबको सिकार बनेको छ ।
मुल्लानपुर मैदानमा भएको खेलमा पञ्जाबले कोलकातालाई १६ रनले पराजित गरेको हो । पञ्जाबका युजवेन्द्र चाहलले चार विकेट लिए । योसँगै कोलकाताको टोली ९५ रनमा अलआउट भयो र पञ्जाबले सिजनको चौथो जित हात पार्यो।
यदि कोलकाताले १४ ओभरमा जित हात पार्यो भने उसले अंक तालिकामा पहिलो स्थान हासिल गर्ने मौका पाएको थियो। तर, पञ्जाबले त्यसो हुन दिएन। यसअघि पञ्जाबले १११ रन मात्र बनाउन सक्यो । हर्षित रानाले तीन विकेट लिए । तर, बलिङ गर्ने क्रममा पञ्जाबका बलरले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारे।