काठमाडौं। वीरगञ्ज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा मैदानमा मंगलबार सम्पन्न खेलमा वीरगञ्जले टुसाल युथ क्लबलाई ४–१ ले पराजित गरेको हो।
जितसँगै वीरगञ्जले ६ खेलमा ११ अंक जोडेको छ। पराजित टुसाल समान खेलबाट ६ अंकका साथ ११औं स्थानमा छ।
वीरगञ्जलाई जित दिलाउन विकास दास थारुले दुई गोल गरे। यस्तै, विक्रम थोकर र विवेक चौधरीले समान एक गोल थपे। टुसालका दिपेश लिम्बूले गरेको गोल सान्त्वना रह्यो।