प्लानिङ ब्वाइजलाई सात अंकको अग्रता
मंगलबार, बैशाख २, २०८२खेलपाटी संवाददाता

काठमाडौं। फागुराम थारुको निर्णायक गोलसँगै लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक‘बी’ डिभिजन लिगमा कठिन जित निकालेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा मैदानमा मंगलबार सम्पन्न खेलमा प्लानिङले अन्नपूर्ण क्लब (आरसिटी) विरुद्ध १-० को कठिन जित हासिल गरेको हो।
लगातार छैटौं जितसँगै प्लानिङ ब्वाइजले ६ खेलबाट १८ अंक जोडेको छ । टोलीले शीर्ष स्थानमा अंक दुरी सातमा पुर्याएको छ।
एक खेल कम खेलेको श्री भगवती क्लब ११ अंकका साथ दोस्रो स्थानमा छ। समान ६ खेलमा चार अंक जोडेको आरसिटी पुछारमा छ।
फागुरामले खेलको आठौं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै प्लानिङलाई जित दिलाउन निर्णायक बन्यो।
आरसिटीका रक्षक मनिष थापामगरले फागुरामलाई बक्स भित्र लडाएपछि प्लानिङले पेनाल्टी पाएको थियो। त्यसमा उनी चुकेनन्।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)