चेन्नईका कप्तान रुतुराजको स्थान १७ वर्षीय आयुषले लिने

काठमाडौं। चेन्नई सुपर किंग्सले आफ्ना घाइते कप्तान रुतुराज गायकवाडको स्थानमा मुम्बईका १७ वर्षीय ओपनर आयुष म्हात्रेलाई अनुबन्ध गरेको छ। उनले आफ्नो आधार मूल्य ३० लाख भारु पाउनेछन्।
म्हात्रेले अहिलेसम्म टी–२० मा डेब्यू गरेका छैनन्। तर, उनको नाममा दुई प्रथम श्रेणी र दुई लिस्ट ‘ए’ शतक छ। उनी अफ स्पिन पनि बलिङ गर्न सक्छन् र चार लिस्ट ‘ए’ इनिङ्समा सात विकेट लिएका छन्।
चेन्नईका बलिङ सल्लाहकार एरिक सिमन्सले भने,‘उनी ट्रायलको लागि चेन्नई आएका थिए र हामीसँग नेट अभ्यासमा थिए। यी युवा खेलाडीलाई खेलेको हेर्न पाउनु खुसीको कुरा हो। उनी निडर भएर क्रिकेट खेल्छन्। चेन्नईले पनि यस्तै शैलीको क्रिकेट खेल्छ।’
म्हात्रेले २०२४ को एसिया कपमा भारतको यु–१९ टोलीमा पनि स्थान बनाएका थिए। यसपछि उनी इरानी कपको लागि मुम्बईको सिनियर टोलीमा छनोट भए। त्यसबेलादेखि उनी प्रथम श्रेणी र लिस्ट ‘ए’ खेलमा मुम्बईको टोलीको नियमित सदस्य रहेका थिए।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

