बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

‘सेफ साइड’ मा गत संस्करणका ‘फाइनलिस्ट’

मंगलबार, बैशाख २, २०८२खेलपाटी संवाददाता
‘सेफ साइड’ मा  गत संस्करणका ‘फाइनलिस्ट’
Classic Tech Internet Ad

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका खेल अन्तिमतिर पुग्दा पछिल्लो संस्करणका फाइनलिस्ट एक खेलअगाबै ‘सेफ साइड’मा पुगेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगिताको आफ्नो पाँचौं खेलमा साबिक विजेता ललितपुर सिटी एफसीले प्रतियोगिताकै कमजोर टोली बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै प्लेअफमा स्थान बनाएको थियो।

तर, तत्कालीन अवस्थामा अंक तालिकाको दोस्रो स्थानमा रहेको एफसी चितवनले पछ्याइरहेको अवस्थामा ललितपुरले कुन क्वालिफायर खेल्ने अझैं टुंगो लागिसकेको थिएन। तर, सोमबार धनगढीसँग चितवनले अप्रत्याशित २–० को हार बेहोरेसँगै ललितपुरले पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो।

जारी प्रतियोगितामा चितवनको यो पहिलो हार हो। यस्तै, ललितपुर र धनगढीले भने पाँच खेलको समाप्तिमा आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएका छन्। ललितपुर पहिलोपल्ट पहिलो क्वालिफायरमै पुग्न सफल भएको हो।

ललितपुरले यसअघिका दुवै संस्करणमा दोस्रो क्वालिफायर खेलेको थियो। पहिलो संस्करणमा ललितपुरले बुटवललाई १–० हराए पनि इलिमिनेटरमा काठमाडौं रेजर्ससँग ३–० को फराकिलो हार बेहोर्दै तेस्रो स्थानमा चित्त बुझाएको थियो।

दोस्रो संस्करणमा भने दोस्रो क्वालिफायरमा सोही नतिजा उल्टाउँदै इलिमिनेटरमा स्थान पक्का गर्न सफल भएको थियो। इलिमिनेटरमा पोखरा थन्डर्सलाई २–१ ले पराजित गर्दै फाइनल पुगेको ललितपुरले धनगढीलाई माथ खुवाउँदै उपाधि नै आफ्नो पोल्टामा पारेको हो। 

ललितपुरसँगै समान ११ अंक रहेको धनगढी पनि यस संस्करण ‘सेफ साइड’मा पुगिसकेको छ। सात अंक बोकेको चितवनलाई उछिन्दै शीर्ष स्थानमा पुगेको धनगढीले लगातार तेस्रोपल्ट पहिलो क्वालिफायरमा स्थान बनाएको हो।

धनगढीले पहिलो संस्करणमा काठमाडौंलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै सिधै फाइनलमा स्थान बनाएको थियो। तर, उपाधि भिडन्तमा भने काठमाडौंले उक्त हारको बदला लिँदै १–० को जित दर्ता गर्‍यो।

दोस्रो संस्करणमा भने धनगढीलाई पहिलो क्वालिफायरबाट अघि बढ्न निक्कै सकस गर्नुपरेको थियो। २–२ को बराबरी खेलेपछि सिधै फाइनल पुग्ने टोलीको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो।

उक्त सुटआउटमा धनगढीले ४–३ ले बाजी मार्दै फाइनलमा स्थान बनायो। तर, निर्णायक भिडन्तमा ललितपुरसँग धनगढी ३–२ ले पराजित हुँदै पुन: एकपल्ट उपविजेतामै सीमित भयो।

यसपल्ट धनगढी दुईपल्टको उक्त पीडा भुलाउने लक्ष्यमा हुनेछ। तर, ललितपुर र धनगढी ‘सेफ साइड’मा पुगे पनि अझै लिग चरणमा समान एक/एक खेल्न बाँकी छ।

ललितपुरले लिग चरणमा अन्तिम खेल झापा एफसीसँग खेल्ने छ भने धनगढीले चितवनसँग। तर, यी दुईका लागि उक्त खेल ‘वाम अर्प’मात्रै हुनेछ। किनभने यी दुई खेलको नतिजाले ललितपुर र धनगढीको समीकरणमा कुनै असर पुर्‍याउने छैन। तर, झापा र चितवनलाई भने जित अपरिहार्य छ।

अझ झापाले त मंगलबार हुने पोखरा र बुटवलबीचको नतिजा कुर्नुपर्ने हुन्छ। किनभने तालिकामा पोखराको पाँच र झापाको चार अंक छ। चितवनलाई भने पोखरा र झापामध्ये एक टोलीको हार नै दोस्रो क्वालिफायर खेल्न पर्याप्त हुनेछ। यदि पोखरा र झापाले जित निकालेको खण्डमा सात अंक बटुल्दै चौथो स्थानमा रहेको चितवनलाई पनि त्यस्तै नतिजाको खाँचो हुनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

Bajaj Pulsar Motorcycle Ad
२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

चितवनको रोमाञ्चक जित

चितवनको रोमाञ्चक जित

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने