काठमाडौं। वर्षाका कारण नेपाल र हङकङबीचको चारदेशिय टी–२० सिरिज अन्तिम खेल प्रभावित भएको छ।
मिसन रोड मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर हङकङलाई पहिला ब्याटिङको निम्तो दिएका थिए। तर, नौ ओभर सकिएसँगै खेल वर्षाले प्रभावित गरेको हो।
हङकङले तीन विकेट गुमाउँदै ६८ रन बनाइसकेको छ। हङकङका ओपनर जिशान अलीले सर्वाधिक ३० रन बनाए। २२ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे।
अन्सुमन रथ १७ र निजाकत खान १३ रनमा आउट भए। अहिले क्रिजमा बाबर हयात र कलहान चाल्लु छन्। यी दुई ब्याटर नटआउट छन्।
नेपालका बलर ललितनारायण राजवंशीले सर्वाधिक दुई विकेट लिएका छन्। यस्तै, नन्दन यादवको नाममा एक विकेट छ।
जारी प्रतियोगितामा अपराजित रहँदै नेपाल फाइनलनजिक पुगिसकेको छ। नेपालले यसअघि कतारलाई आठ र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। यो खेल नतिजाविहीन भएमा पनि नेपाल फाइनल पुग्नेछ।
हङकङ भने समूहचरणबाटै बाहिरिने छ।