धोनी कप्तानी जिम्मेवारीमा फर्किएकै दिन चेन्नईको लज्जास्पद हार

काठमाडौं। महेन्द्रसिंह धोनी कप्तानी जिम्मेवारीमा फर्किएकै दिन चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा लज्जास्पद हार बेहोरेको छ।
नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण आइपिएलबाट बाहिरिएपछि ४३ वर्षीय धोनी कप्तानी जिम्मेवारीमा फर्किएका थिए। तर, पहिलो खेलमै चेन्नईले शुक्रबार कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित हुन पुगेको हो।
जितसँगै तेस्रो स्थानमा उक्लिएको कोलकाताले ६ खेलबाट ६ अंक पुर्याएको छ। चेन्नईको भने यो लगातार पाँचौं हार हो। दुई अंक बटुलेको चेन्नई नवौं स्थानमा छ।
चेन्नईले दिएको १०४ रनको लक्ष्य कोलकाताले १०.१ ओभरमा दुई विकेट गुमाउँदै १०७ रन बनायो।कोलकातालाई तेस्रो जित दिलाउन सुनील नारायणले अलराउन्ड प्रदर्शन गरे।
बलिङमा तीन विकेट लिएका उनले ब्याटिङमा सर्वाधिक ४४ रनको योगदान दिए। १८ बल खेलेका उनले दुई चौका र पाँच छक्का प्रहार गरे। क्विन्टन डि कक २३ रनमा आउट हुँदा कप्तान अजिंक्य रहाणे २० र रिन्कु सिंह १५ रनमा अविजित रहे।
चेन्नईका नूर अहमद र अन्सुल कामबोजको नाममा समान एक विकेट रह्यो।
त्यसअघि एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले नौ विकेट गुमाउँदै १०३ रन बनाएको थियो।
चेन्नईका शिवम दुबेले अविजित रहँदै सर्वाधिक ३१ रन बनाए। २९ बल खेलेका उनले तीन चौका प्रहार गरे। विजय शंकरले २९ बलमा दुई चौका र एक छक्कासहित २९ रन बनाए।
राहुल त्रिपाठी १६ र डेभन कन्वे १२ रनमा आउट हुँदा अन्य ब्याटर क्रिजमा जम्न सकेनन्। कोलकाताका सुनील नारायणले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्रै १३ रन खर्चिए।
हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीको नाममा समान एक विकेट रह्यो।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

