चेन्नईलाई १०० रन बनाउन हम्मेहम्मे
शुक्रबार, चैत २८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा मुस्किलले १०० रन कटाएको छ।
एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले नौ विकेट गुमाउँदै १०३ रन बनाएको हो। योसँगै कोलकाताले १०४ रनको झिनो लक्ष्य पाएको छ।
चेन्नईका शिवम दुबेले अविजित रहँदै सर्वाधिक ३१ रन बनाए। २९ बल खेलेका उनले तीन चौका प्रहार गरे।
विजय शंकरले २९ बलमा दुई चौका र एक छक्कासहित २९ रन बनाए। राहुल त्रिपाठी १६ र डेभन कन्वे १२ रनमा आउट हुँदा अन्य ब्याटर क्रिजमा जम्न सकेनन्।
कोलकाताका सुनील नारायणले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्रै १३ रन खर्चिए।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

