कोर्बिनलाई पिएसएलमा एक वर्षको प्रतिबन्ध

काठमाडौं। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले दक्षिण अफ्रिकन अलराउन्डर कोर्बिन बोशलाई पाकिस्तान सुपर लिग (पिएसएल) मा एक वर्षको प्रतिबन्ध लगाइएको छ।
उनले प्रतियोगिता सुरु हुनुअघि नै नाम फिर्ता लिएर इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेपछि यो कारबाही गरिएको हो। जनवरीमा भएको ड्राफ्टमा बोशलाई पेशावर जल्मीले छनोट गरेको थियो।
तर, पछि मुम्बई इन्डियन्सले उनलाई दक्षिण अफ्रिकाका लिजाड विलियम्सको स्थानमा प्रतिस्थापन गरेको थियो। यस वर्ष पिएसएल र आइपिएल दुवै टी–२० प्रतियोगिता एकै समयमा परेको छ।
बोशले अचानक नाम फिर्ता लिएपछि पिएसएलले उनलाई सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै कानुनी नोटिस पठाएको थियो।
बोर्डले बिहीबार जारी गरेको वक्तव्यमा भनिएको छ, अलराउन्डरलाई एक वर्षको प्रतिबन्ध लगाइएको छ। उनी आउँदो वर्षको पिएसएलमा पनि सहभागी हुन अयोग्य रहनेछन्।
पिएसएल शुक्रबारदेखि सुरु हुँदैछ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

