काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा अपराजित दिल्ली क्यापिटल्सविरुद्ध १६४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
एम चिन्नास्वामी स्टेडियम, बैंग्लुरुमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले सात विकेट गुमाउँदै १६३ रनको योगफल खडा गरेको हो।
बैंग्लुरुका फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए। कप्तान रजत पाटीदार २५, विराट कोहली २२, कुर्णाल पाण्ड्या १८ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।
दिल्लीका विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए। मुकेश कुमार र मोहित शर्माको नाममा समान एक विकेट रह्यो।