टी–२० आईमा कुशलले तोडे दीपेन्द्रको कीर्तिमान

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले टी–२० आईमा दीपेन्द्रसिंह ऐरीको कीर्तिमान भंग गरेका छन्।
बिहीबार कुवेतविरुद्ध ८१ रन प्रहार गर्दै उनी नेपाली टोलीबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका हुन्। नियमित ओपनर अनिलकुमार शाहले चोटका कारण हङकङमा जारी चारदेशिय टी–२०आई सिरिज गुमाएपछि कुशल आफ्नो पुरानै जिम्मेवारीमा फर्किएका थिए।
कतारविरुद्ध ३८ रन प्रहार गर्दै नेपालको जितमा महत्त्वपूर्ण भूमिका खेलका उनले कुवेतविरुद्ध पनि उत्कृष्ट ब्याटिङ गरेका हुन्। ५० बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे। योसँगै उनी मध्यक्रमका दीपेन्द्रको कीर्तिमान भंग गर्न सफल भएका हुन्।
नेपाली टोलीको जर्सीमा कुशलले ५४ इनिङ्स खेल्दै एक शतक र १० अर्धशतक प्रहार गरेका छन्। यस्तै, दीपेन्द्रले भने उनीभन्दा १२ इनिङ्स बढी खेल्दै एक शतक र नौ अर्धशतक प्रहार गरेका छन्। दीपेन्द्र कुवेतविरुद्धको खेलमा ३१ रनमा क्याच भए। १२ बल खेलेका उनले दुई चौका र तीन छक्का प्रहार गरेका थिए।
यी दुई ब्याटरलाई आसिफ शेखले पछ्याइरहेका छन्। कुवेतविरुद्ध ५३ रनको इनिङ्स खेल्दै उनले आफ्नो अर्धशतकको संख्या सातमा पुर्याएका छन्। यस्तै, कप्तान रोहितकुमार पौडेलको नाममा पनि समान सात अर्धशतक छ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

