काठमाडौं। लगातार चौथो जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष स्थानमा उक्लिएको छ।
पहिलो खेलमा पञ्जाब किङ्ससँग ३६ रनले पराजित हुँदै गुजरातले आफ्नो सिजन सुरुआत गरेको थियो। तर, त्यसयता खेलेका चार खेलमा गुजरात शतप्रतिशत जित निकाल्न सफल भएको हो।
गजुरातले यसअघि मुम्बई इन्डियन्सलाई ३६ रन तथा रोयल्स च्यालेन्जर्स बैंग्लोरललाई आठ र सनराइजर्स हैदरावादलाई सात विकेटले पाखा लगाएको थियो। आफ्नो पाँचौं खेलमा भने लगातार दुई जित हात पारेको राजस्थान रोयल्सलाई गुजरातले ५८ रनले पराजित गर्न सफल भयो।
यो नतिजासँगै गुजरातले पाँच खेलबाट आठ अंक पुर्याएको छ। तर, गुजरातले उछिनेको दिल्ली क्यापिटल्सले भने दुई खेल कम खेल्दै ६ अंक बटुलिसकेको छ। पाँच नै खेल खेलेको राजस्थानको भने चार अंक साथ सातौं स्थानमा छ।
गुजरातले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५९ रन मात्रै बनाउन सक्यो। राजस्थानका शिमरोन हेटमायरले सर्वाधिक ५२ रन बनाए।
३२ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे। कप्तान सञ्जु सामसनले २८ बलमा चार चौका र दुई छक्कासहित ४१ रन बनाए।
रियान पराग २६ रनमा आउट हुँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। गुरातका प्रशिद्ध कृष्णले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २४ रन खर्चिए।
राशिद खान र साई किशोरको नाममा समान दुई विकेट रह्यो। यस्तै, मोहम्मद सिराज, आर्शद खान र कुलवन्त खेजरोलियाले पनि समान एक विकेट आफ्नो नाममा टिपाए।
त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रनको योगफल तयार गरेको थियो।
गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले आठ चौका र तीन छक्का प्रहार गरे। जोश बटलर र शाहरुख खानले समान ३६ रन बनाउँदा राहुल त्रिपाठी २४ र राशिद खान १२ रनमा आउट भए।
राजस्थानका तुषार देशपाण्डे र महेश थेक्सनाले समान दुई विकेट लिए। जोफ्रा आर्चर र सन्दीप शर्माको नाममा समान एक विकेट रह्यो।