नेपाललाई सामान्य लक्ष्य
बुधबार, चैत २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कप्तान इक्रामुल्लाह खानको अर्धशतकसँगै कतारले चारदेशिय टी–२० सिरिजमा नेपाललाई १५२ रनको सामान्य लक्ष्य दिएको छ।
मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको हो।
कतारका इक्रामुल्लाहले सर्वाधिक ५४ रन बनाए। ५४ बल नै खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे।
शाहजैब जमिल२१ बलमा चार चौकासहित ३१ रनमा ललितनारायण राजवंशीबाट क्याच आउट भए। अरुमुगगणेश नागराजन १३ रनमा आउट हुँदा
मुजीब–उल–रहमान २० र मोहम्मद इर्शाद १८ रनमा अविजित रहे।
नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सनकुमार झा र ललितनारयण राजवंशीको नाममा समान एक विकेट रह्यो।








-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)