फाइनल प्रवेश गर्न चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै

बुटवल। २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गर्न बिहीबार ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब भिड्दै छन्।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा यो अन्तिम सेमिफाइनल अपरान्ह्र ४ बजे हुनेछ। यो खेलको प्रत्यक्ष प्रसारण खेलपाटी टिभी (युट्युब) मार्फत हुनेछ।
दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो। मच्छिन्द्रले भने एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० कठिन जित निकालेको हो।
बराबरीतर्फ उन्मुख खेलमा राजीव लोप्चनले गोल गर्दै मच्छिन्द्रलाई अन्तिम चारमा पुर्याएका हुन्। उनले निर्धारित ९० मिनेटको खेल सकिन अन्तिम दुई मिनेट बाँकी रहँदा गोल गरेका थिए।
यी दुईबीचको विजताले उपाधिका लागि एपिएफसँग खेल्नेछ। एपिएफले पहिलो सेमिफाइनलमा संकटा क्लबलाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ।







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)