काठमाडौं। सुपर ओभरमा मधेश प्रदेशलाई पराजित गर्दै गण्डकीले जितसहित प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सक्काएको छ।
सोमबार गण्डकीले सुपर ओभरमा १३ रनको जित हात पारेको हो। मधेशले दिएको २४७ रनको लक्ष्य पछ्याएको गण्डकीले एक बल बाँकी रहँदा सबै विकेट गुमाउँदै २४६ रन नै बनाए पछि खेल सुपर ओभरमा पुगेको हो।
सुपर ओभरमा गण्डकीले २३ रनको लक्ष्य दिएको थियो। तर, मधेशले ९ रन मात्रै बनाउन सक्यो।
योसँगै गण्डकीले चार अंक जोड्दै पुछारमा रहेर प्रतियोगिता सक्काएको छ।
दुई खेल खेल्न बाँकी मधेशको भने चार अंक छ। मधेश पनि प्रतियोगिताबाट बाहिरिइसकेको छ। गण्डकीका अर्जुनले सर्वाधिक १०६ रन बनाए। १४० बल खेलेका उनले १० चौका र एक छक्का प्रहार गरे।
मधेशले दिएको २४७ रनको लक्ष्य पछ्याएको गण्डकीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन बनाएको हो। गण्डकीलाई जितका लागि अन्तिम दुई बलमा दुई रन चाहिएको थियो।
तर, गण्डकीका सन्दीप पराजुली वाइड बलमा रन आउट भएपछि मधेश हारबाट जोगियो।
गण्डकीका अर्जुनले सर्वाधिक १०६ रन बनाए। १४० बल खेलेका उनले १० चौका र एक छक्का प्रहार गरे।
दीनेश बूढामगर ३४ र कप्तान विपिन खत्री २६ रनमा आउट हुँदा सुदीप अर्याल ३४ रनमा अविजित रहे। मधेशका विशाल पटेलले सर्वाधिक चार विकेट लिए।
त्यसअघि भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले सात विकेट गुमाउँदै २४६ रन बनाएको थियो।
मधेशका रोहन विकले सर्वाधिक ६४ रन बनाए। ९८ बल खेलेका उनले ६ चौका र तीन छक्का प्रहार गरे। हरिशंकर शाह ५१ र पवन सर्राफ ३३ रनमा आउट हुँदा रुपेश सिंह ५१ रनमा अविजित रहे।
गण्डकीका विपिन खत्री र कमल परियारले समान दुई विकेट लिए।