काठमाडौं। गण्डकी प्रदेशका १९ वर्षीय अर्जुन कुमालले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो शतक प्रहार गरेका छन्।
उनले सोमबार मधेश प्रदेशविरुद्ध करिअरको पहिलो शतक प्रहार गरेका हुन्। उनले शतक पूरा गर्न १३३ बलमा १० चौका र एक छक्का प्रहार गरे।
जारी प्रतियोगितामा शतक बनाउने उनी तेस्रा खेलाडी हुन्। यसअघि सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले दुई र त्रिभुवन आर्मीका त्रितराज दासले शतक बनाइसकेका छन्।
प्रधानमन्त्री कपको इतिहासमा भने उनी शतक प्रहार गर्ने २८औं खेलाडी हुन्। योसँगै अर्जुन जारी प्रतियोगितामा सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले नौ इनिङ्समा ३७४ रन बनाएका छन्।
एक इनिङ्स कम खेलेको किरणको ३३७ र त्रितको ३३३ रन छ।