काठमाडौं। नूर अहमदको सानदार बलिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई १५६ रनमै रोकेको छ।
एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन मात्रै बनाउन सक्यो।
अहमदले ओपनर रोहित शर्मालाई शून्य र रियान रिकेल्टनलाई १३ रनमै आउट गरेपछि चेन्नईले खेलमा पकड जमाएको थियो।
मुम्बईका तिलक बर्माले सर्वाधिक ३१ रन बनाए। दीपक चाहर २८ रनमा अविजित रहँदा कप्तान सूर्यकुमार यादव २९, नमन धर १७ रनमा आउट भए। अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्।
चेन्नईका अहमदले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले १८ रन खर्चिए। खलिल अहमदले तीन विकेट लिँदा नाथन इलिस र रविचन्द्र अश्विनको नाममा समान एक विकेट रह्यो।