एजेन्सी । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा आजबाट समूह चरण अन्तर्गतको अन्तिम खेलहरु सुरु हुँदैछ । विश्वकपमा आज समूह 'ए' र 'बी' गरी दुई समूहको अन्तिम चरणका चार खेलहरु हुँदैछन् ।
विश्वकप फुटबलको समूह चरणको दोस्रो चरणको खेलहरु सकिदा ६ राष्ट्रले अन्तिम १६ को यात्रा तय गरेका छन् । ६ राष्ट्रले तेस्रो चरणको खेल नखेल्दै नकआउट चरणमा स्थान पक्का गरेका हुन् ।
यो पटक अन्तिम चरणको खेल नसकिदै दोस्रो चरणमा पुग्ने टोलीमा आयोजक रुस, उरुग्वे, फ्रान्स, क्रोएसिया,इंग्ल्यान्ड र बेल्जियम रहेका छन् । यी ६ टोलीले अन्तिम खेल गुमाएपनि दोस्रो चरणको यात्रा तय गर्ने छन् । अब नकआउट चरण पुग्ने १० टोलीको टुङ्गो अन्तिम चरणको खेलले तय गर्नेछ ।
यस्तै ८ राष्ट्र भने समूह चरणको अन्तिम खेल नसकिदै प्रतियोगिताबाट बाहिरिएको छ । यी ८ टोलीले अन्तिम चरणको खेल जितेपनि दोस्रो चरणमा पुग्न सक्दैनन् ।
समूह चरणको खेल नसकिदै प्रतियोगिताबाट बाहिरिनेमा साउदी अरेबिया, इजिप्ट, मोरक्को, पेरु, कोष्टारिका, दक्षिण कोरिया, ट्युनिसिया,पानामा र पोल्याण्ड रहेका छन् |