काठमाडौं। सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विभागीय टोली एपिएफ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
शुक्रबार सम्पन्न खेलमा एपिएफ तीन विकेटले विजयी भएको हो। यो नतिजासँगै एपिएफले सात खेलबाट आठ अंक पुर्याएको छ। सुदूरको भने समान खेलबाट चार अंक छ।
सुदूरले प्रस्तुत गरेको १९२ लक्ष्य एपिएफले ३६.३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो।
एपिएफका सन्दीप जोराले सर्वाधिक ५१ रन बनाए। ६८ बल खेलेका उनले पाँच चौका प्रहार गरे। आसिफ शेख ३२, लोकेश बम १९, दीपक बोहरा १६ र रोहितकुमार पौडेल १४ रनमा आउट हुँदा भुवन कार्की १४ रनमा अविजित रहे।
सुदूरका शेर मल्ल, विकाश आग्री र नरायण जोशीको नाममा समान दुई विकेट लिए।