मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कुशल र ललित चम्किँएसँगै पुलिसको सातौं जित

बिहिबार, चैत ६, २०८१खेलपाटी संवाददाता
कुशल र ललित चम्किँएसँगै पुलिसको सातौं जित
Classic Tech Internet Ad

काठमाडौं। कुशल भुर्तेलको सानदार अलराउन्ड प्रदर्शन र ललितनारायण राजवंशीको कसिलो बलिङसँगै साबिक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ।

बिहीबार सम्पन्न खेलमा पुलिसले बागमती प्रदेशलाई ९३ रनले पराजित गरेको हो। यो नतिजासँगै अपराजित रहेको पुलिसले सात खेलबाट १४ अंक पुर्‍याएको छ।

बागमतीको भने यो चौथो हार हो। अंक तालिकामा सातौं स्थानमा रहेको बागमतीको समान खेलबाट ६ अंक छ।

पुलिसले दिएको २९८ रनको लक्ष्य पछ्याएको बागमतीले ४५.२ ओभरमा सबै विकेट गुमाउँदै २०४ रन मात्रै बनाउन सक्यो। बागमतीलाई रोक्न ललितले सर्वाधिक चार विकेट लिए। 

१० ओभर बलिङ गरेका उनले ३४ रन खर्चिए। कुशलले पनि तीन विकेट लिँदै बागमतीका ब्याटरलाई चल्न दिएनन्।

करण केसीले दुई विकेट लिँदा  गुल्सनकुमार झाको नाममा एक विकेट रह्यो।

बागमतीका ईशान पाण्डेले सर्वाधिक ७० रन बनाए। ९८ बल खेलेका उनले ६ चौका प्रहार गरे। शुभ कंशाकार ३६, विपिन आचर्या २०, सूर्य तामाङ १७ र प्रतीश जिसी १४ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

त्यसअघि भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले आठ विकेट गुमाउँदै २९७ रन बनाएका थिए।

पुलिसका ओपनर कुशलले सर्वाधिक ८८ रन बनाए। ९८ बल खेलेका उनले ११ चौका प्रहार गरे।

कप्तान दीपेन्द्रले ४६ बलमा चार चौका र तीन छक्कासहित ६० रन बनाए। अमित श्रेष्ठ ४८ र आरिफ शेख ३८ रनमा आउट भए।

बागमतीका प्रतीशले सर्वाधिक तीन विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४६ रन बनाए। 

रिजन ढकाल, ईशान पाण्डे, शंकर गजुरेल र विपिन आचर्याको नाममा समान एक विकेट रह्यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

Bajaj Pulsar Motorcycle Ad
खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता