काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली बुधबार फर्किने भएको छ।
प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए। तर, चार राष्ट्रसम्मिलित प्रतियोगितामा नेपाल चौथो भएको थियो।
नेपालले ६ मध्ये चार खेलमा हार बेहोर्दा एक खेल वर्षका कारण रद्द भएको थियो।
नामिबियासँग नेपाल ६ विकेट र २३ रनले पराजित भएको थियो। युगान्डालाई पहिलो खेलमा एक विकेटले हराउँदा अर्को खेलमा नेपाल ४० रनले पराजित भएको थियो। हङकङसँग पहिलो खेलमा दुई रनको हार बेहोरेको नेपालले अर्को खेल भने वर्षाको कारण रद्द भएको थियो।