काठमाडौं। बुन्डेसलिगाअन्तर्गत तेस्रो स्थानमा रहेको आइन्ट्राख्ट फ्र्याङ्कफर्टविरुद्धको कठिन खेलअघि बायर्न म्युनिखका स्टार ह्यारी केनको फिटनेस प्रमुख विषय बनेको छ।
इङ्ग्ल्याण्डका कप्तान केन च्याम्पियन्स लिगअन्तर्गत सेल्टिकविरुद्धको दोस्रो लेगमा खेल्दा पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए। बायर्न म्युनिखले उनलाई चोट लागेकोले केही समय ट्रेनिङबाट टाढा रहने बताएको छ।
पछिल्ला केही दिन केनका लागि कठिन सावित भएका छन्। गत हप्ता बायर लेभरकुजेनविरुद्ध खेल्दा पनि उनको अनुहारमा चोट लागेको थियो। त्यसैले उपचार गर्नुपर्ने अवस्था आएको थियो।