शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

नेपालसँग बदला लिन एक वर्ष प्रतीक्षा गरेको लेबनान

बिहिबार, फागुन ८, २०८१खेलपाटी संवाददाता
नेपालसँग बदला लिन एक वर्ष प्रतीक्षा गरेको लेबनान
Classic Tech Internet Ad

काठमाडौं। इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको कमजोर टोली किर्गिस्तानविरुद्ध १–० को कठिन जित निकालेको नेपाली टोली बिहीबार लेबनानको सामना गर्दा जितको दबाबमा हुनेछ।

पहिलो खेलमा नेपालले किर्गिस्तानविरुद्ध फराकिलो नतिजाको आश राखेको थियो। तर, १०औं मिनेटमै विमला चौधरीको गोलमार्फत सुरुआती अग्रता लिएको नेपालले त्यसपछि पाएको एक दर्जन अवसरलाई सदुपयोग गर्न सकेन।

लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछ। हालसम्मको अंक तालिकामा म्यानमार शीर्ष स्थानमा छ। गोल संख्यामा पछि परेको नेपाल भने दोस्रो स्थानमा छ।

लेबनानसँगको खेल जिते नेपालले सिधै फाइनलमा स्थान बनाउने छ। हारेको खण्डमा भने प्रतियोगिताकै बलियो मानिएको म्यानमारविरुद्ध नेपाललाई जितको विकल्प हुने छैन। त्यसैले लेबनानविरुद्धको खेलमा दबाब रहेको मुख्य प्रशिक्षक राजेन्द्र तामाङ बताउँछन्।

‘हामीलाई हार्न हुन्न भन्ने दबाब छ, लेबनानलाई भने जित्नैपर्ने दबाब छ,’ खेलअघि उनले भने। लेबनान पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित भएको थियो। त्यसैले फाइनलको सम्भावना कायम राख्न लेबनानलाई नेपालविरुद्ध जितको खाँचो छ।

नेपाल र लेबनान दोस्रोपल्ट आमुन्नेसामुन्ने हुन लागेका हुन्। गत वर्ष साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपको यी दुई टोलीको भेट पहिलोपल्ट भएको थियो।

सेमिफाइनलमा भएको उक्त भेटमा नेपाल २–१ ले विजयी भयो। यो खेलमा तीनवटै गोल नेपाली खेलाडीबाट भएको हो। नेपाली रक्षक पूजा रानाले गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बालाई बल ब्याक पास दिँदा लेबनानले सुरुआती अग्रता लिएको थियो।

तर, ७६औं मिनेटमा सावित्री भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। बारबरीतर्फ उन्मुख खेलको अतिरिक्त समयमा मिडफिल्डर प्रीति राईले पेनाल्टी बक्स बाहिरबाट दर्शनीय गोल गर्दै नेपाललाई पुनरागमन जित दिलाइन्।

योसँगै लेबनानले लगातार दोस्रोपल्ट वाफको फाइनलमा पुग्ने अवसर गुमाएको थियो। यसपल्ट लेबनान त्यो हारको बदला लिन काठमाडौं झरेको हो। जसका लागि लेबनानले एक वर्षको प्रतीक्षा गरेको छ।
 
‘वाफमा हारेलगत्तै लेबनानले एक मैत्रीपूर्ण खेल खेलौं भनेर प्रस्ताव गरेको थियो। लेबनान नै आऊ हामी सबै खर्च बेहोर्छौं भनेको थियो,’ राजेन्द्र सम्झिन्छन्, ‘उनीहरूलाई त्यो हारले चित्त बुझेको छैन। लेबनान जतिखेर निमन्त्रणा गर्छ त्यैले आउन तयार थियो। अहिले बदला लिन आएको छ।’

लेबनान केही युवा खेलाडी लिएर काठमाडौं आइपुगेको छ। यी खेलाडीले म्यानमारविरुद्ध पहिलो गोल खाएको तीन मिनेटपछि नै टोलीलाई खेलमा पुनरागमन गराएको थियो। तर, डिफेन्समा सम्हालिन नसक्दा पहिलो खेलमा पराजय बेहोर्न पर्‍यो।

यद्यपि, लेबनान नेपालका लागि बलियो प्रतिद्वन्द्वी रहेको राजेन्द्र बताउँछन्। ‘खेल्ने स्तर हेर्दा बलियो देखिन्छ। डिफेन्सको प्रिन्सिपल, अनुशासन र अन्य कुरामा लेबनान अब्बल छ। त्यसैले हामीलाई अझै गाह्रो बनाउँछ,’ उनले भने।

वाफमा नेपालले लेबनानलाई धेरै गोलको अवसर दिएको थियो। तर, प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन। यसपल्ट भने त्यति धेरै अवसर नदिने रणनीतिमा राजेन्द्र देखिन्छन्। त्यसैले सावित्री भण्डारी र रेखा पौडेललाई अगाडि खेलाएर यसपल्ट लेबनानलाई दबाब दिने उनको रणनीति छ। यसका लागि मिडफिल्डरले आफ्नो योजनाअनुसारको खेल प्रस्तुत गर्नुपर्ने उनी बताउँछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

Bajaj Pulsar Motorcycle Ad
नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो