काठमाडौं। चिसो मौसमले लिओनल मेसीलाई सन् २०२५ को पहिलो खेलमा जितबाट रोक्न सकेन।
कन्साकाफ च्याम्पियन्स कपको पहिलो लेगमा मेसीकै निर्णायक गोलसँगै इन्टर मियामीले स्पोर्टिङ क्यानसस सिटीलाई १–० ले हराएको छ।
खेलको समयको हावाका कारण तापमान शून्यभन्दा कम थियो।
मौसमका कारण यो खेल निर्धारित मितिभन्दा एक दिन पछि खेलाइएको थियो। तर, ५६औं मिनेटमा सर्जियो बुसेट्सले मिडफिल्डबाट उपलब्ध गराइदिएको बललाई मेसीले सहजै गोलमा परिणत गरे।
अब मियामीले अर्को मंगलबार यही टोलीसँग प्रतिस्पर्धा गर्नेछ।