काठमाडौं। रियल मड्रिडविरुद्धको च्याम्पियन्स लिग प्लेअफ म्यानचेस्टर सिटीका लागि कठिन सुरुआत रह्यो।
खेलको चौथो मिनेटमै किलियन एमबाप्पेले रियललाई १–० को अग्रता दिलाए। लगत्तै सिटीका सेन्ट्रल डिफेन्डर जोन स्टोन्सले घुँडाको चोट बोके।
आठौं मिनेटमा उनलाई परिवर्तन गर्नुपर्यो। उनी आफैं मैदान छोडे। उनको स्थानमा नाथान आके मैदान प्रवेश गरेका थिए।
सिटीले खेल अघि नै आफ्नो स्टार स्ट्राइकर एर्लिङ हालान्डलाई गुमाइसकेको थियो। शनिबारको प्रिमियर लिग खेलमा घुँडाको चोट बोकेका कारण उनले सुरुआती ११ मा स्थान बनाउ सकेनन्।
रियलले एमबाप्पेको ह्याट्रिकसँगै ३–१ को जित हासिल गर्यो र ६–३ को नतिजासहित अन्तिम १६ मा स्थान बनायो।