नेपाललाई लेबनानको चुनौती

काठमाडौं। घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा बिहीबार लेबनानलाई चुनौती प्रस्तुत गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजे सुरु हुनेछ।
सिंगल लिगमा भइरहेको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा म्यानमारसँग लेबनान ३–१ ले पराजित भएको थियो। अर्को खेलमा भने नेपालले कमजोर टोली किर्गिस्तानसँग १–० को जित निकालेको थियो।
प्रतियोगिताको लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। हालसम्मको तालिकाअनुसार म्यानमार र नेपाल तीन अंकसहित शीर्ष स्थानमा छन्।
किर्गिस्तान र लेबनान भने अंकविहीन छन्। त्यसैले लेबनना प्रतियोगितामा जित निकाल्नै पर्ने दबाबमा छ। यता, नेपाल भने यो खेलमा जितसहित फाइनल यात्रा मजबूत बनाउन चाहन्छन्। किनभने अर्को विपक्षी म्यानमार नेपालभन्दा बलियो मानिन्छ।
त्यसैले यो खेलमा नेपाली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ गत वर्ष साउदी अरबमा भएको वाफ च्याम्पियनसिपको नतिजा दोहोर्याउन चाहन्छन्। सेमिफाइनलमा भएको उक्त भेटमा नेपालले लेबनानलाई २–१ ले हराएको थियो।






-1763772456514.webp&w=3840&q=75)





-1763733911749.jpg&w=3840&q=75)
