शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ह्याट्रिक ‘ब्वाइ’ एमबाप्पे

बिहिबार, फागुन ८, २०८१खेलपाटी संवाददाता
ह्याट्रिक ‘ब्वाइ’ एमबाप्पे
Classic Tech Internet Ad

काठमाडौं। रियल मड्रिडका स्टार खेलाडी किलियन एमबाप्पेले च्याम्पियन्स लिगमा आफ्नो तेस्रो ह्याट्रिक गर्दै क्लबलाई अन्तिम १६ मा पुर्‍याए।

रियलले बुधबार म्यानचेस्टर सिटीलाई ३–१ ले पराजित गरेको हो। योसँगै रियल समग्र ६–३ को जितसहित अगाडि बढ्न सफल भयो।

‘यो एक परिपूर्ण रात थियो,’ एमबाप्पेले भने, ‘हामी जित्न चाहन्थ्यौं र त्यसैअनुसार खेल्यौं। घरेलु समर्थकहरूका अगाडि उत्कृष्ट प्रदर्शन गर्‍यौं र जित हासिल गर्यौं। सिटीजस्तो कठिन टोलीविरुद्ध जित्न यसैगरी खेल्नुपर्छ।’

एमबाप्पे च्याम्पियन्स लिगको नकआउट चरणमा दुई ह्याट्रिक गर्ने चौथो खेलाडी बनेका छन्। यसअघि लिओनल मेसी, करिम बेन्जिमा र रोबर्ट लेवान्डोस्कीले पनि नकआउट चरणमा दुई ह्याट्रिक गरेका थिए।

क्रिस्टियानो रोनाल्डोको नाममा चार ह्याट्रिक छन्। एमबाप्पेले यसअघि सन् २०२१ मा बार्सिलोनाविरुद्ध र २०१९ मा क्लब ब्रुगेसविरुद्ध ह्याट्रिक गरेका थिए।

‘एमबाप्पेमा क्रिस्टियानोलाई जस्तै उपलब्धिहरू हासिल गर्ने गुण छ, तर धेरै मेहनत गर्नुपर्नेछ। किनभने रोनाल्डोले निकै उच्चस्तर राखेका छन्,’ रियलका प्रशिक्षक कार्लो एन्चेलोटीले भने।

मड्रिडका अर्को स्टार खेलाडी जुड बेलिङ्घमले पनि एमबाप्पेको प्रदर्शनको प्रशंसा गरे। ‘एमबाप्पे विशेष खेलाडी हुन्, सबैलाई थाहा छ। उनले बारम्बार प्रमाणित गरिरहेका छन्। उनी खेलाडी मात्र होइन, उत्कृष्ट व्यक्तित्व पनि हुन् र हामीले उनका गोलहरूबाट फाइदा उठाउनेछौं,’ उनले भने।

एमबाप्पेले रियल लागि आफ्नो उत्कृष्ट खेलमध्ये एक खेल खेलेको बताउँदै भने, ‘म यो विश्लेषण गर्न चाहन्न कि यो मेरो सर्वश्रेष्ठ खेल हो कि होइन। म मैदानमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छु। तर, आज हाम्रो टोलीको प्रदर्शन उत्कृष्ट रह्यो।’

आगामी चरणमा एमबाप्पे बायर लेभरकुजेनसँग होइन, एट्लेटिको मड्रिडसँग खेल्न चाहन्छन्। ‘साँचो कुरा भन्नुपर्दा म एट्लेटिको मड्रिडविरुद्ध खेल्न चाहन्छु। दुबै क्लब बलिया छन्। तर, जर्मनीको लामो यात्राभन्दा घरेलु टोलीसँग खेल्न सजिलो हुन्छ,’ उनले भने।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

Bajaj Pulsar Motorcycle Ad
नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो