बेलिङहमलाई रातो कार्ड देखाएका रेफ्री निलम्बनमा

काठमाडौं। रियल मड्रिडका मिडफिल्डर जुड बेलिङहमलाई रातो कार्ड देखाएका रेफ्री जोसे लुइस मुनुएरा मोन्तेरो निलम्बनमा परेका छन्।
उनलाई ला लिगाले २५औं साताका खेलमा निलम्बन गरेको हो। यसबाहेक युएएफएले पनि उनलाई यो साता कुनै खेल खेलाउन जिम्मेवारी नदिने भएको छ।
बेलिङहमले ओसासुनाविरुद्धको खेलको ३९औं मिनेटमा रेफ्री मोन्तेरोप्रति अपशब्द प्रयोग गरेका थिए। सोही कुरालाई लिएर लुइसले उनलाई रातो कार्ड दिएका थिए। त्यो बेला रियल मड्रिड १-० ले अगाडि थियो। रियललाई किलियन एमबाप्पले सुरुआती अग्रता दिलाएका थिए।
तर, खेलको अन्त्यमा ओसासुना खेलमा फर्कियो। अन्ते बुदिमिरले पेनाल्टीमार्फत गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको थियो।
यो घटनाले रियलका प्रशिक्षक कार्लो एन्चेलोटी र क्लबका शीर्ष अधिकारीहरूलाई थप क्रोधित बनाएको थियो। त्यसको दुई दिनपछि रियलले ला लिगामा रेफ्री लुइसमाथि उजुरी गरेको थियो।
यो कुराको रेफ्रीहरूको प्राविधिक समिती (सिटिए) ले कडा शब्दमा आलोचना गरेको थियो। यस्तै, स्पेनिस फुटबल महासंघमार्फत विज्ञप्ति जारी पनि गरेको थियो। रिपोर्टअनुसार लुइस र उनका परिवारलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्कीहरू प्राप्त भएका छन्।






-1763772456514.webp&w=3840&q=75)


-1763794837011.jpeg&w=3840&q=75)



-1763733911749.jpg&w=3840&q=75)
