च्याम्पियन्स लिगमा मिनामिनोको कीर्तिमान

काठमाडौं। टाकुमी मिनामिनोले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने जापानी खेलाडी बनेका छन्।
मंगलबार बेन्फिकाविरुद्धको खेलमा ३० वर्षे मोकाकोका खेलाडी मिनामिनोले २२औं मिनेटमा बक्सभित्रबाट गोल गरेका थिए। उक्त खेल ३–३ को बराबरीमा सकिएको थियो।
तर, समग्रमा ४–३ गोलसहित बेन्फिका राउन्ड अफ १६ मा पुगेको छ। यो मिनामिनोको च्याम्पियन्स लिगमा पाँचौं गोल थियो। योसँगै शिन्जी कागावा र डाइजेन माएदालाई पछि पार्दै पार्दै उनी युरोपको प्रमुख क्लब प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने जापानी खेलाडी बनेका छन्।
मंगलबारको गोल यस सिजनको मिनामिनोको तेस्रो च्याम्पियन्स लिग गोल हो। यसअघि उनले रेड स्टार बेलग्रेडविरुद्ध ५–१ को जितमा दुई गोल गरेका थिए।
उनले सन् २०१९–२० को सिजन लिभरपुल र जेनकविरुद्ध दुई गोल गरेका थिए। त्यतिखेर उनी रेड बुल साल्जबर्गमा थिए। जनवरी २०२० मा उनी लिभरपुलमा अनुबन्ध भएका थिए। तर, २०२२ को समरमा मोनाको पुगेका हुन्।






-1763772456514.webp&w=3840&q=75)


-1763794837011.jpeg&w=3840&q=75)



-1763733911749.jpg&w=3840&q=75)
