समीर बने पोखरा थन्डर्सको मार्की
मंगलबार, फागुन ६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी पोखरा थन्डर्सले समीर तामाङलाई मार्की प्लेयर बनाएको छ।
पोखराले मंगलबार उक्त जानकारी दिएको हो। १९ वर्षीय सेन्ट्रल फरवार्ड समीरले नेपाली उमेर समूहका विभिन्न टोलीको प्रतिनिधित्व गरिसकेका छन्।
उनी पछिल्लो समय ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबाट मोफसलका प्रतियोगिता खेल्दै आइरहेका छन्।
पोखराले अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका आयुष घलानलाई कप्तानी जिम्मेवारी सुम्पिसकेको छ। आयुष एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट पोखरामा अनुबन्ध भएका थिए।
दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी थिए। आयुषले अघिल्लो सिजन पोखराबाट खेल्दै दुई गोल गरेका थिए। पोखराले यसअघि प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरिसकेको छ।
पोखरा गत सिजन क्वालिफायरसम्म पुगेको थियो।






-1763772456514.webp&w=3840&q=75)


-1763794837011.jpeg&w=3840&q=75)



-1763733911749.jpg&w=3840&q=75)
