केनको अनुहारमा चोट

काठमाडौं। बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन सोमबारको प्रशिक्षण सत्रमा सहभागी भएनन्, जसको कारण अनुहारमा चोट लागेको बताइएको छ।
बायर्नको च्याम्पियन्स लिग प्लेअफ खेलअघि उनको उपलब्धता अनिश्चित छ। शनिबार बायर लेभरकुजेनसँगको गोलरहित बराबरी खेलको अन्त्यतिर केनले अनुहारमा चोट बोकेका थिए। तर, उनले खेल भने पूरा गरेका थिए।
बायर्नका प्रशिक्षक भिन्सेन्ट कम्पानीले केनको चोटलाई गम्भीर नभएको बताएका छन्। उनले भने, ‘केनको अवस्था त्यति खराब छैन। हेर्छौं, उनी कत्तिको ठिक छन्।’
बायर्नले मंगलबार च्याम्पियन्स लिगको दोस्रो लेग खेलमा सेल्टिकलाई घरेलु मैदानमा स्वागत गर्दैछ। पहिलो लेगमा केनले एक गोल गर्दै बायर्नलाई २–१ को जित दिलाएका थिए।
यदि केन खेल्न नसके प्रशिक्षक कम्पानीसँग विकल्पमा थोमस मुलर र सर्ज ग्नाब्री छन्। यी दुईमध्ये एक खेलाडीलाई उनले अग्रपंक्तिमा खेलाउन सक्छन्। अथवा जमाल मुसियालालाई ‘फल्स नाइन’को भूमिकामा उतार्ने योजना पनि उनीसँग हुन सक्छ। यसमा माइकल ओलिसेले सहयोग गर्न सक्नेछन्।







-1763772456514.webp&w=3840&q=75)


-1763794837011.jpeg&w=3840&q=75)



-1763733911749.jpg&w=3840&q=75)