नेपालको कठिन जित

काठमाडौं। घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा कठिन जितसहित सोमबार विजयी सुरुआत गरेको छ।
नेपालको १–० को जितमा विंगर विमला चौधरीको गोल नै निर्णायक बन्यो। यो नतिजासँगै नेपालले तीन अंक जोडेको छ। तर, अंक तालिकामा नेपाल दोस्रो स्थानमा छ। सोमबार नै सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–० ले हराएको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले करिब एक दर्जन गोलका अवसर बुनेको थियो। तर, फिनिसिङमा चुक्दा एक मात्रै अवसरलाई गोलमा परिणत गर्न सक्यो।
त्यो गोल पनि खेलको ११औं मिनेटमा विमलाबाट भएको हो। सावित्रा रानामगरले दिएको बललाई उनले सिक्स यार्ड बक्सनजिकबाट हेडर गर्दै सुन्दर फिनिसिङ गरिन्।
नेपाली जर्सीबाट उनको यो दोस्रो गोल हो। यसअघि उनले सन् २०२१ मा फिलिपिन्सविरुद्ध गोल गरेकी थिइन्। एएफसी एसियन कप छनोटअन्तर्गत भएको भेटमा नेपाल २–१ ले पराजित भएको थियो।
अब नेपालले फागुन ८ गते बिहीबार लेबनानसँग खेल्नेछ। सोही दिन किर्गिस्तानले म्यानमारलाई चुनौती प्रस्तुत गर्नेछ।







-1763772456514.webp&w=3840&q=75)


-1763794837011.jpeg&w=3840&q=75)



-1763733911749.jpg&w=3840&q=75)