विमलाको गोलमा नेपाललाई अग्रता
सोमबार, फागुन ५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा सुरुआती अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १–० को अग्रता लिएको हो।
नेपाललाई विंगर विमला चौधरीले सुरुआती अग्रता दिलाएका हुन्। नेपालले खेलको सुरुआतदेखि नै पाहुना टोलीलाई दबाब दिएको थियो। छैटौं मिनेटमै साविता रानामगरले गोलको सुनौलो अवसर गुमाइन्।
रेखा पौडेलको प्रहार किर्गिस्तानकी दिलनुरा अबिमुल्लाले रोक्ने प्रयास गर्दा सवितासामु बल पुगेको थियो। तर, सविताको हेडर फलदायी बनेन।
११औं मिनेटमा नेपालले सुरुआती अग्रता लियो। सविताको क्रसमा विमला चौधरीले सिक्स यार्डमा हेडरमार्फत गोल गरिन्।







-1763772456514.webp&w=3840&q=75)


-1763794837011.jpeg&w=3840&q=75)



-1763733911749.jpg&w=3840&q=75)