काठमाडौं। देवेन्द्र तामाङले धनगढी एफसीबाटै नेपाल सुपर लिग (एनएसएल ) खेल्ने भएका छन्।
धनगढीले तेस्रो सिजनका लागि डिफेन्डर देवेन्द्रलाई रिटेन गरेको हो। ३१ वर्षीय देवेन्द्रले गत सिजन पनि धनगढीबाटै एनएसएल खेलेका थिए।
धनगढी दुवै संस्करणको उपविजेता टोली हो। पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो।
दोस्रो संस्करणको फाइनलमा भने ललितपुर सिटी एफसीसँग ३–२ ले पराजित हुँदै दोस्रोपल्ट उपविजेतामा सीमित भयो।
धनगढीले कृतिशरत्न छुन्जुलाई मार्की खेलाडी घोषणा गरिसकेको छ। २१ वर्षीय अट्याकिङ मिडफिल्डरले गत बुटबल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए।
तेस्रो संस्करणको अक्सन यही १० गते शनिबार हुँदैछ। यसपल्ट धनगढीसहित सात टोलीले प्रतिस्पर्धा गर्दैछ।