शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

‘किर्गिस्तानसँग डराउन पर्दैन’

सोमबार, फागुन ५, २०८१खेलपाटी संवाददाता
‘किर्गिस्तानसँग डराउन पर्दैन’
Classic Tech Internet Ad

काठमाडौं । ६ वर्षअघि नेपाली महिला फुटबल टोलीको पहिचान अलग थियो।

यही टोलीले २०१९ मा आयोजित नाडेज्दा कपमा घरेलु टोली किर्गिस्तानविरुद्ध ८–२ को एकपक्षीय जित निकालेको थियो। नेपालले ६ वर्षपछि यही टोलीलाई घरेलु मैदानमा स्वागत गर्दैछ। 

चार राष्ट्रसम्मिलत इन्टरनेसनल वुमेन्स च्याम्पियसिपअन्तर्गत सोमबार हुने खेलमा यी दुई टोली आमुन्नेसामुन्ने हुन लागेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यो खेल साँझ ६ बजे हुनेछ।

तर, फिफा विश्व वरीयतामा १२८औं स्थानमा रहेको किर्गिस्तानको टोलीमा विगतको तुलनामा धेरै फरक भइसकेको नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ बताउँछन्। त्यसैले ६ वर्षको नतिजालाई हेरेर विपक्षीलाई कमजोर नआक्ने उनले बताए ।

‘नाडेज्दा कपपछि हामीले किर्गिस्तानसँग खेलेका छैनौं। त्यो बेला र अहिले किर्गिस्तानले खेल्ने फुटबल धेरै फरक भइसकेको छ। उनीहरूले ६ वर्षमा राम्रो काम गरिरहेको देखिएको छु। त्यसैले सजिलै जित्न सकिन्छ भन्नेर आक्ने कुरा हुँदैन,’ उनले भने। किर्गिस्तानको टोलीका खेलाडीको औसत उमेर २३ वर्षको छ। त्यसैले यो युवा टोली ‘काउन्टर अट्याक’मा राम्रो छ। यही टोलीले भारतलाई मैत्रीपूर्ण खेलमा १–१ को बराबरीमा रोकेको थियो।

तर, आफ्नो स्ट्राइकर पनि राम्रो भएको हुँदा किर्गिस्तानसँग डराउनपर्ने आवश्यक नरहेको राजेन्द्र बताउँछन्। ‘हामीले डराउनुपर्ने भनेको काउन्टर अट्याकमा हो। किर्गिस्तानको बल पोजिसन राम्रो छ र प्रेसिङ गरेर खेल्छ। तर, हामी पनि कम छैनौं,’ उनी भन्छन्।

नेपाली टोलीको अट्याकिङ सावित्रा भण्डारी, रेखा पौडेल, अनिता केसी र रश्मीकुमारी घिसिङले सम्हाल्दै आएका छन्। टोलीमा चन्द्रा भण्डारीले पनि पुनरागन गरेकी छन्। दक्षिण एसियाकै उत्कृष्ट फरवार्डमध्येकी एक साम्बा नेपाली टोलीकी संकटमोचक हुन्।

उनले नेपाली जर्सीबाट ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन्। दक्षिण एसियाली लिगको अनुभव बटुलिसकेकी उनी पछिल्लो समय फ्रान्सको लिगमा व्यस्त छिन्। अभान्ट ग्वेन्ग्याम्पबाट व्यवसायिक फुटबल खेल्दै आएकी उनी सोमबार नै आइपुग्ने छिन्।

यद्यपि, प्रशिक्षक राजेन्द्रले उनलाई आराम दिनसक्ने सम्भावना छ । लामो ट्राभल गरेर आइपुग्ने छिन्। त्यसैले पहिलो खेलमा आराम गर्छ होला, उनले भने। गत कात्तिकमा यही मैदानमा सम्पन्न साफ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको सेमिफाइनलमा नेपाललाई पेनाल्टी सुटआउटसम्म पुर्‍याउन साम्बाले नै निर्णायक गोल गरेकी थिइन्।

उनले प्रतियोगिताभर दुई गोल मात्रै गरिन्। तर, उनी अपेक्षा गरेअनुसार नचल्दा नेपाली टोलीलाई उद्दार भने रेखाले गर्दै आएकी छन्। एग्रेसिभ फुटबल खेल्ने रेखाले साफमा सात गोल गरेकी थिइन्। उनले पछिल्लो समय युएईको लिगको अनुभव बटुलिसकेकी छन्। उनी भने स्वदेश फर्किसकेकी छन्।

यी दुईबाहेक अर्का भरपर्दा फरवार्ड रश्मीकुमारी घिसिङ पनि हुन्। गत महिना सकिएको एन्फा महिला लिगकी सर्वाधिक गोलकर्ता (३५) रश्मीले राष्ट्रिय जर्सीबाट चार गोल गरिसकेकी छन्। उनी नेपाली टोलीको १० नम्बरको राम्रो विकल्प हुने देखिएको छ।

उनीहरूबाहेक अनिता र चन्द्राले पनि नेपाली फुटबलमा छाप छाडिकेका छन्। ‘ग्रेड स्ट्राइकर हाम्रो राम्रो छ। त्यसैले टिमको संरचना बलियो बनाएर गोलको चान्स निकाल्यौं भने जित्छौं,’ राजेन्द्रले टुंगाए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

Bajaj Pulsar Motorcycle Ad
साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

पहिलो शतक, कर्णालीको पहिलो जित

पहिलो शतक, कर्णालीको पहिलो जित

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित