काठमाडौं। सिर्जन श्रेष्ठको दुई गोलप्रेरित थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा बुधबार हिमालयन शेर्पा क्लब फराकिलो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्री स्टारले हिमालयन शेर्पाविरुद्ध ५–० को जित निकालेको हो। योसँगै थ्री स्टारले १३ खेलबाट २८ अंक पुर्याएको छ। पराजित हिमालयन शेर्पाको समान खेलबाट ११ अंक छ।
१४औं मिनेटमा रोशन तामाङले पेनाल्टीमार्फत थ्री स्टारलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा सूर्य बोहराले अग्रता दोब्बर बनाए।
सिर्जनले ४९ र ५१औं मिनेटमा गोल गर्दा थ्री स्टारको अग्रता ४–० मा पुग्यो। ५४औं मिनेटमा भुपेन्द्र रावतले गोल गर्दै थ्री स्टारलाई ५–० को सहज जित दिलाए।