काठमाडौं। सुरुआती अग्रता जोगाउन सक्दा विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगमा हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न पुलिस र हिमालयनले १–१ को बराबरी खेलेको हो। योसँगै पुलिसले १२ खेलमा १८ अंक पुर्याएको छ। हिमालयन शेर्पाको समान खेलबाट ११ अंक छ। पुलिसका लागि समीर राई र हिमालयन शेर्पाका लागि समीर तामाङले गोल गरे ।
३६औं मिनेटमा समीरको गोलमार्फत पुलिसले सुरुआती अग्रता लिएको थियो । तर, समीरले ७३औं मिनेटमा गोल गर्दै हिमालयन शेर्पालाई बराबरीमा ल्याए।