काठमाडौं। इन्टर मियामीले मैत्रीपूर्ण खेलमा एकपक्षीय जित हात पारेको छ।
ओलम्पिको मेट्रोपोलिटानो रंगशालामा आइतबार सम्पन्न खेलमा मियामीले ओलिम्पियालाई ५–० ले पन्छाएको हो। इन्टर मियामीलाई जित दिलाउन लियोन मेसी, फेडेरिको रेडोन्डो नोहा एलेन, लुइस स्वारेज र रेयान साइलोरले गोल गरे।
खेलको २७औं मिनेटमा कप्तान लिओनल मेसीको गोलमार्फत मियामीले सुरुआती अग्रता लिएको थियो। ४४औं मिनेटमा फेडेरिको रेडोन्डोलेले टोलीको अग्रता दोब्बर बनाए।
पहिलो हाफको इन्जुरी समयमा नोहा एलनले मियामीको अग्रता ३–० मा पुर्याए। ५४औं मिनेटमा लुइस स्वारेजले गोल थपे। ७९औं मिनेटमा रेयान साइलोरले गोल गर्दै मियामीलाई ५–० को सहज जित दिलाए।