काठमाडौं। सुरुआती अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइेड क्लब एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिन चुकेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न खेलमा चर्च ब्वाइज फ्रेन्ड्स क्लबसँग २–१ ले पराजित भएको हो।
योसँगै दोस्रो स्थानमा रहेको चर्च ब्वाइजको ११ खेलबाट २५ अंक नै कायम भएको छ। समान खेल खेलेको फ्रेन्ड्सको २० अंक पुगेको छ।
खेलको तेस्रो मिनेटमै सुसानत थापामगरको गोलमार्फत चर्च ब्वाइजले सुरुआती अग्रता लिएको थियो। तर, उक्त अग्रता १४ मिनेट पनि टिकेन। २१औं मिनेटमा रोनस बुर्जामगरले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए।
५७औं मिनेटमा अरुण अधिकारीले अर्को गोल थप्दै चर्च ब्वाइजलाई लिगमा दोस्रो हार चखाए।