शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेल संघलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय 

बुधबार, २३ माघ २०८१खेलपाटी संवाददाता
खेल संघलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय 
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी समितिले ओलम्पिक निर्वाचनमा सहभागी खेल संघलाई अन्तिमपल्ट ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 

मंगलबार सम्पन्न राखेपको कार्यकारी समितिको बैठकले ओलम्पिक निर्वाचनमा सहभागी भएका खेल संघलाई ७२ घण्टाको स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 

‘बोर्ड बैठकको निर्णय अनुसार खेल संघलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ। चित्त बुझ्दो जवाफ नआए नियमअनुसार कारबाही अघि बढाउने निर्णय भएको छ,’ कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठले खेलपाटीसँग भनिन्। स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो स्पष्टीकरण नदिने खेल संघलाई निलम्बनसम्मको निर्णय गर्ने सरकारको तयारी छ। बैंक खाता रोक्कादेखि अनुदान सहयोग रोक्ने र वैदेशिक सहभागिता बन्द गर्नेसम्मको कारबाही गर्ने सरकारको तयारी छ। 

ओलम्पिकमा आबद्ध २७ मध्ये सात संघले नेपाल ओलम्पिक कमिटीको निर्वाचन बहिष्कार गरेका थिए। त्यसपछि सर्वोच्च अदालतको आदेश मान्ने भन्दै उपाध्यक्षमा निर्वाचित अनिल शर्मा र सदस्य मनिष जोशीले अन्तिम मतदानमा सहभागी नै भएनन्। अदालती आदेश पालना गर्ने भन्दै उपाध्यक्षमा निर्वाचित नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले ओलम्पिकबाट राजीनामा दिएका थिए। 

चुनाव हार्ने डरले खेल संघको निर्वाचन गर्न नसकेका, चुनावबाट भागेका र हारेका केही खेल संघका पदाधिकारी भने अन्तर्राष्ट्रिय मान्यता जोगिने आसमा जीवनराम श्रेष्ठ समूहमा रहने देखिन्छन्।

बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनबाट आएको कार्यसमितिलाई कारबाही गर्ने र तत्काल ओलम्पिकबाट हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नहुने निर्णय समेत गरेको छ। ‘ओलम्पिकको बैंक खाता रोक्कादेखि ओलम्पिक भवन प्रयोग रोक्का गर्ने र अन्तर्राष्ट्रिय सहभागिता नगर्ने लगायतको निर्णय भएको छ,’ श्रेष्ठले भनिन्। 

सरकारको कारबाहीको डरमा पछिल्लो समय विभिन्न बैंकमा रहेको नेपाल ओलम्पिक कमिटीको खाताबाट अधिकांश रकम अदालतमा मुद्दा लड्ने नाममा निकालिएको ओलम्पिक निकट एक अधिकारीले बताएका छन्। 

मंगलबार मात्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसिए)ले पत्र लेख्दै नेपाल ओलम्पिक कमिटीको निर्वाचनलाई मान्यता नदिएको प्रष्टीकरण दिएका छन्। उनीहरूले ओलम्पिकको विधान संशोधन र निर्वाचनको सम्बन्धमा कानुनी निर्क्योलपछि मात्र निर्णयमा पुग्ने बताएका छन्। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोमाको कमब्याक

रोमाको कमब्याक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने