बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

ओलम्पिक निर्वाचनले पाएन अन्तराष्ट्रिय मान्यता 

मंगलबार, २२ माघ २०८१खेलपाटी संवाददाता
ओलम्पिक निर्वाचनले पाएन अन्तराष्ट्रिय मान्यता 
mustang rice ad

काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनलाई मान्यता दिन अस्विकार गरेको छ । 

सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको निर्देशन र अन्तराष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृति बेगर जीवनराम श्रेष्ठले पुस १३ गते जबर्जस्ती गरेको निर्वाचनलाई आईओसी र ओलम्पिक कमिटी अफ एसिया ओसिएले मान्यता दिन अस्विकार गरेको हो ।

नेपालको ओलम्पिक कमिटीको विषयमा पछिल्लो पटक जानकारी गराउँदै आईओसी र ओसिएले विधान संशोधन र ओलम्पिक निर्वाचनको सन्दर्भमा अदालती विषयको प्रतिक्षा गरिरहेको बताएको छ । 

खेल संघहरुको बहिष्कार, निर्वाचनका उम्मेदवार र निर्वाचित पदाधिकारीको बहिष्कारका बाबजुत जीवनराम श्रेष्ठले एकलौटी रुपमा निर्वाचन सम्पन्न गराएर आफुलाई अध्यक्षमा घोषणा गरेका थिए । निर्वाचन लगत्तै उनले आईओसी र ओसिएमा पत्र लेख्दै निर्वाचनलाई मान्यता दिन बारम्बार आग्रह गर्दै आएका थिए । तर अन्तराष्ट्रिय ओलम्पिक कमिटीले पुस १३ गते अवैधानिक रुपमा गरिएको निर्वाचनलाई मान्यता दिन अस्विकार गरेको हो । 

आईओसी र ओसिएले मंगलबार नेपाल ओलम्पिक कमिटीका सदस्यहरुलाई पत्र लेख्दै एनओसीको वर्तमान अवस्थालाई नजिकबाट हेरिरहेको बताएको छ । आईओसीको सदस्य राष्ट्र हेर्ने जेम्स मेकलियोड र ओसिएका डिरेक्टर जनरल हुसेन अल मुसल्लमले संयुक्त रुपमा पत्र लेख्दै सो जानकारी नेपाल पक्षलाई गराएका हुन् । 

हुसेन तिनै ब्यक्ति हुन्, जसलाई जीवनराम श्रेष्ठले आफ्नो अनुकुलको मान्छेको रुपमा चित्रित गर्दै खेल संघहरुमाथि दबाब देखाउँदै आएका थिए । 

आईओसी र ओसिएले ओलम्पिक चार्टर, सुशासन र सर्वमान्य सिद्धान्तका आधारमा सबैपक्ष मिलेर वर्तमान समस्याको समाधान खोज्न समेत आग्रह गरेको छ । 
‘सबै एनओसीसँग सम्बन्धित सबै पक्षहरु रचनात्मक र पारस्परिक रुपमा स्विकार्य समाधान निकाल्ने गरी काम गर्न आग्रह गछौं । यो दुर्भाग्यपुर्ण स्थितीको सिघ्र र सौहार्दपूर्ण तरिकाले समाधान होस् ।’ पत्रमा भनिएको छ । 

निर्वाचनको मुखमा विधान संशोधन गर्ने कार्य राम्रो नहुने भन्दै आईओसीले तत्कालिन नेपाल ओलम्पिक कमिटीलाई सुझाव दिएको थियो । तर जबर्जस्ती विधान संशोधन गरेर जीवनराम श्रेष्ठ एकलौटी रुपमा निर्वाचन गर्ने बाटोमा अघि बढेपछि ओलम्पिकमा नयाँ विवाद सुरु भएको हो । विधान संशोधन रोक्न उच्च अदालतले दिएको आदेश र निर्वाचन रोक्न सर्वोच्च अदालतले दिएको आदेशलाई जीवनराम श्रेष्ठ नेतृत्वको समूहले अस्विकार गरेर अनलाईनबाट कोठे निर्वाचन सम्पन्न गरेको थियो । 

सो विषयमा गम्भिर असहमती राख्दै नेपाल सरकारले अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई पत्र लेखेको थियो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आईओसीलाई पत्र लेख्दै नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा ओलम्पिक चार्टर, सुशासन र सर्वमान्य सिद्धान्तको उपहास भएको जिकिर सहित निर्वाचनलाई नेपाल सरकारले मान्यता नदिने र निर्वाचनको निष्पक्ष छानविन गर्न आग्रह गरेका थिए ।

सोही पत्र सहित ओलम्पिकसँग जोडिएका विभिन्न सरोकारावाल पक्षको निरन्तरको पत्राचारलाई केन्द्रमा राख्दै आईओसी र ओसिएले मंगलबार जवाफ पठाएको छ । आफुले गराएको निर्वाचनलाई आईओसी र ओसिएले मान्यता दिएको झुटो खबर फैलाउन उद्यत रहेका जीवनराम श्रेष्ठ र उनको समूहलाई पछिल्लो पत्रले अफठ्यारोमा पारेको छ । 
 


 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि