एजेन्सी । सायद दुवै टोलीले यो परिणामको कल्पना गरेका थिएनन् । समूह चरणको अन्तिम खेलमा आईपुग्दा दुवै टोली अंक विहिन छन् । एक अर्थमा दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
समूह 'ए' बाट रसिया र उरुग्वेले नकआउट चरणमा स्थान बनाउदा एसियाली राष्ट्र साउदी र इजिप्ट एक खेल अगावै घर फर्कन बाध्य भए । तर, समूह चरणको अन्तिम खेलमा भिड्दै गर्दा दुवै टोलीको लक्ष्य प्रतियोगिताको सुखद विदाई हुनेछ । त्यसका लागि सोमबार हुने खेलमा दुवै टोली जित निकाल्ने कोशिस गर्नेछन् ।
इजिप्टका फरवार्ड मोहमद सलाहको गोलसंगै इजिप्टले विश्वकपको यात्रा तय गरेको थियो, सन् १९९० पछाडी । तर समुह चरणको पहिलो खेलमा उरुग्वेसंग इजिप्ट १–० ले पराजित भयो । गत महिना च्याम्पियन्स लिगमा बोकेको चोट निको नहुदाँ सलाहले त्यो खेलमा मौका पाएनन् । दोस्रो खेलमा मौका त पाए तर सो खेलमा रसिया ३–१ ले विजयी बन्यो । सो खेलमा सलाहको लय देखिएनन् । नत्र नतिजा फरक आउन सक्थ्यो । किनकी सलाहले आफ्नो क्षमता इङ्लिस प्रिमियर लिगमा देखाएर रुसको यात्रा तय गरेका थिए । ‘त्यसमा कुनै शंका छैन्, मोहमद सलाह टिमका लागि निकै महत्वपुर्ण छन् ।’ प्रशिक्षक कुपर भन्छन् । ‘उनी सधै टिमकालागि महत्वपुर्ण खेलाडी हुन् । जसरी उनी गएको बर्ष प्रिमियर लिगमा सबै भन्दा महत्वपुर्ण खेलाडी बने । यदी उनी पहिलो खेलमा फिट भएको भए सायद हाम्रोलागि त्यो निकै महत्वपुर्ण बन्न सक्थ्यो ।’ उनले भने ।
प्रशिक्षक कुपर भन्छन्, ‘मैले सधै भन्दै आईरहेको छु कि म कुनै एक खेलाडीमा केन्द्रित हुने चाहन्न । म सधै टिमको बिषयमा बोल्छु, सबै खेलाडी उत्तिकै महत्वपुर्ण हुन्छन् ।’
अफ्रिकी देश इजिप्टले विश्वकपमा अहिलेसम्म जित हासिल गर्न सकेको छैन् । सोमबारको खेलमा इजिप्टलाई विश्वकपमा पहिलो जित दर्ता गर्दै इतिहास लेख्ने अवसर छ । सालाहलाई साउदी अरबले बिशेष रुपमा ध्यानमा राख्न सक्नेछ । तर मुख्य प्रशिक्षक जुवान एन्टोनियो पिज्जीले कुनै पनि खेलाडीलाई सलाहको गति रोक्ने जिम्मेवारी नदिएको बताउछन् । ‘उनी निकै क्षमतावान खेलाडी हुन् ।’ प्रशिक्षक पिज्जीले भन्छन्, ‘यो कुनै संयोग होईन । उनीसंग आश्चार्यजनक करियर छ । पछिल्लो बर्षमा उनले प्रिमियर लिगमा त्यसलाई देखाईसकेका छन् ।’ उनले थपे, ‘पक्कैपनि हामी सावधानीपुर्वक उपायको खोजी गछौ । बिशेष रुपमा एक खेलाडीको भन्दा पनि समग्र टिमको निगरानी गर्नेछौ ।’
समुह चरणको अन्तिम खेलमा साउदीलाई चोट ग्रस्त खेलाडीले सताएको छ । मन्सुर अल हार्बी, अलि अल बुलाई र उमर हौसावीले आजको खेल गुमाउने छन् । इजिप्ट प्रशिक्षक कुपरले ४५ बर्षिया गोलकिपर इसाम अल हदारीलाई प्लेइङ सेटमा उतार्ने तयारी गरेका छन् ।