काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त आठ बोर्ड सदस्यले सपथ ग्रहण गरेका छन्।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सपथ ग्रहण गराएका हुन्।
सपथ ग्रहण गर्ने सदस्यहरुमा सुवर्ण श्रेष्ठ, नन्दा बस्याल, शान्तकुमारी चौधरी, आनन्दकुमार झा, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, जगतसिंह धामी र भानबहादुर चन्द छन्।
गत पुस ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा आठ जनालाई नियुक्त गरेको थियो।