काठमाडौं। आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले बुकायो साकाको ह्यामस्ट्रिङको शल्यक्रिया पछि कम्तिमा मार्चसम्म मैदानबाहिर रहने सम्भावना रहेको बताएका छन्।
गत साता क्रिस्टल प्यालेसविरुद्ध ५–१ को जित निकाल्दा इङ्ल्यान्डका विंगरले दाहिने ह्यामस्ट्रिङको चोट बोकेका थिए। यद्यपि, उनीबिनाको आर्सनलले शुक्रबार इप्सविचमाथि १–० को जित निकाल्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।
अर्टेटाले यसअघि २३ वर्षीय साकालाई धेरै हप्ताका लागि मैदानबाहिर राखिने बताएका थिए। अर्टेटाले भने, ‘उनको शल्यक्रिया भएको छ र सबै कुरा ठीकठाक भएको छ। तर, दुर्भाग्यवश उनी धेरै हप्तासम्म बाहिर रहनेछन्। यो दुई महिनाभन्दा बढी हुनेछ। मलाई थाहा छैन कति लामो छ। यो कसरी निको हुन थाल्छ, त्यो गतिशीलतामा निर्भर गर्दछ। यो भन्न धेरै गाह्रो छ।’