काठमाडौं। सशस्त्र प्रहरी बल (एपिएफ) मा पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन भएको छ।
सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा शनिबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गरे।
उत्कृष्ट र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ ६ देखि १५ वर्षसम्मका बालवालिकालाई फुटबल प्रशिक्षण दिइने एपिएफले जनाएको छ।
ग्रासरुट फुटबल प्रशिक्षणमा वहालवाला सशस्त्र प्रहरी कर्मचारीका १२९, अमर तथा अवकाशप्राप्त सशस्त्र प्रहरीका चार र सर्वसाधारण नागरिकका १३५ सन्नति गरी कुल २६८ जना सहभागी रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।