काठमाडौं। बायर्न म्युनिखले लाइपजिगलाई ५–१ गोलअन्तरले पराजित गर्दै बुन्डेसलिगामा लामो समयदेखिको कीर्तिमान तोडेको छ।
खेलको पहिलो दुई मिनेटमा जमाल मुसियालाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। तर, बेन्जामिन सेस्कोले ६० सेकेन्डपछि बराबरी गोल फर्काए। त्यो उन्मत्त सुरुआतपछि खेलको गति सुस्त भयो तर लामो समयसम्म भएन।
२५औं मिनेटमा कोनराड लाइमरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। माइकल ओलिसले दाहिने पट्टि स्पेस पाए र लाइमरले पिटर गुलासीलाई क्रिस्प भलीको साथ कुनै मौका दिएनन्।
त्यसको ९ मिनेटपछि जोशुआ किमिचले ३० मिटर माथिबाट प्रहार गोल गर्दै खेल ३–१ मा पुर्याए। लेरोय सानेले १५ मिनेट बाँकी छँदै चौथो गोल थपे भने अल्फोन्सो डेभिसले सिजनको पहिलो लिग गोल गर्दै टोलीलाई ५–१ को सानदार जित दिलाए।
ह्यारी केन ह्यामस्ट्रिङको चोटका कारण दुई खेल गुमाएका थिए। तर, ८७ मिनेट खेलेका थिए। अक्टोबरको अन्त्यदेखि नोभेम्बरको अन्त्यसम्म लगातार आठ खेल जितेको बाभेरियन जायन्टले दुईमा हार बेहोरेको थियो भने अर्को पाँचमध्ये एकमा बराबरी खेलेको थियो. जसमा गत हप्ता मेन्जसँग २–१ को हार पनि समावेश थियो।
शुक्रबारको नतिजाले उपाधि विजेता बायर लेभरकुजेनमाथि सात अंकको अग्रता बनाएको छ। लेभरकुजेनले शनिबार फ्रेइबर्गसँग खेल्नेछ।