क्वार्टरफाइनलमा इन्टर
शुक्रबार, पुष ५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। इटालियन कप फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा इन्टर मिलानले उडिनेसलाई २–० गोलअन्तरले पराजित गरेको छ।
मार्को अर्नाउटोभिक र क्रिस्टजन अस्लानीले पहिलो हाफमा गोल गरेपछि इन्टर क्वार्टरफाइनलमा प्रवेश गरेको हो। इन्टरका प्रशिक्षक सिमोन इन्जाघीले सोमबार लाजियोलाई ६–० ले पराजित गरेको टोलीमा आठ परिवर्तन गरेका थिए।
मध्यान्तरअघि एक दर्शक मैदानमै ढलेपछि खेल केही समयका लागि रोकिएको थियो।












-1763904378702.png&w=3840&q=75)
