काठमाडौं। सन् २०३४ को विश्वकप आयोजनाका लागि छनोट भएको आठ दिनपछि साउदी अरबले सन् २०२५ र २०२७ मा आयोजना हुने कन्काकाफ गोल्डकपमा आमन्त्रित पाहुनाको रुपमा सहभागिता जनाउने घोषणा गरेको छ।
उत्तर र मध्य अमेरिका र क्यारेबियनको १६ राष्ट्रसम्मिलित गोल्डकप आगामी वर्ष जुन १४ देखि जुलाई ६ सम्म अमेरिका र क्यानडाका ११ क्षेत्रका १४ स्थानमा आयोजना हुनेछ। अमेरिकाले सन् २०२१ र २०२३ को गोल्डकपमा युरोपका अधिकांश खेलाडीलाई आफ्नो क्लब सिजनपछि समय दिनका लागि दोस्रो श्रेणीको रोस्टर पठाएको थियो।
यसअघि ब्राजिल (सन् १९९६, १९९८, २००३), कोलम्बिया (२०, २००३, २००५), इक्वेडर (२००२), पेरु (२०००), कतार (२०२१, २०२३), दक्षिण अफ्रिका (२००५) र दक्षिण कोरिया (२०००, २००२) सहभागी थिए।
मेक्सिकोले सन् २०२३ सहित नौ वटा गोल्डकप जितेको छ। अमेरिकाले सन् २०२१ र क्यानडाले सन् २००० मा गरी सात वटा उपाधि जितेका छन्।
क्यानडा, कुरासाओ, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, हाइटी, मेक्सिको, पानामा र अमेरिका अर्को वर्ष हुने गोल्डकपका लागि छनोट भएका छन्। कन्काकाफका अनुसार ड्र अप्रिल १० मा हुनेछ।