डर्बी खेलमा सिटीका एक समर्थकको मृत्यु
मंगलबार, पुष २, २०८१खेलपाटी संवाददाता
-1734398644.webp&w=3840&q=75)
काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको डर्बी खेलमा म्यानचेस्टर सिटीका एक समर्थकको मृत्यु भएको छ।
आइतबार इतिहाद रंगशालामा ती व्यक्तिको मृत्यु भएको सिटीले सोमबार जनाएको छ।सिटीले भनेको छ, ‘यो कठिन घडीमा क्लबका सबै जना आफ्ना परिवार र साथीभाइसँग छन्।’
स्थानीय अखबार म्यानचेस्टर इभिनिङ न्युजका अनुसार यो घटना रंगशालाको प्रवेशद्वारनजिकै खेल सुरु हुनुभन्दा केही समयअघि भएको थियो। युनाइटेडले उक्त खेल २–१ ले जितेको थियो।












-1763904378702.png&w=3840&q=75)
