‘बी’ डिभिजन लिग खेल्न पाँच क्लबले मात्रै गरे टिम दर्ता

काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्न पाँच क्लबले मात्रै टिम दर्ता गराएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले दोस्रोपल्ट समय थप गरेको छ।
एन्फाले करिब तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि गर्ने घोषणा गरेको थियो। मिति घोषणा भएसँगै एन्फाले मंसिर २१ गतेसम्म क्लब दर्ता गर्न समय दिएको थियो।
क्लब दर्ता भएसँगै पुष १३ गते खेल तालिका प्रकाशन गर्ने जानकारी दिएको थियो। तर, एन्फाले तोकेको मितिमा झापा फुटबल क्लब, बाँसबारी क्लब, प्लानिङ बोइज युनाइटेड क्लब, श्री कुमारी र श्री भगवती क्लबले मात्रै टिम दर्ता गराए। त्यसपछि पुन: एन्फाले मंसिर २८ गतेसम्मको समय थप गरेको थियो। तर, यीबाहेक अन्य टिम दर्ता भएनन्। त्यसपछि पुन: दोस्रोपल्ट समय थप गरेको हो।
एन्फाका अनुसार आरसिटी, बिग्रेड बोइज, मध्यपुर युथ एसोसिएसन, नयाँ बस्ती, सरस्वती युवा, वीरगञ्ज युनाइटेड, टुसाल र बोइज युनियनले आफ्नो टिम अझै दर्ता गराएका छैनन्। एन्फाले पुस ३ गतेसम्म पनि टिम दर्ता नगरे प्रतियोगिताको नियमावली अनुसार अघि बढ्ने जानकारी दिएको छ।











-1763904378702.png&w=3840&q=75)

